सिनेमा ‘सेल्फी किंङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा हास्यकलाकारको हाँसो आसुँको कथालाई देखाइएको छ। हँसाउने मान्छेको रूवाउने कथाको सिनेमाको टिजरमा बिपिन कार्कीको अभिनय रहेको छ।

माघ २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा विपिन ‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकारको भुमिकामा देखिएका छन्। सिनेमाको टिजर सार्वजनिक भएसंगै दर्शकले टिजरलाई मिश्रित प्रतिक्रिया दिएका छन्। विपिनको फरक अवतार भन्दै प्रशंसा गरिएको छ भने अधिकांशले हलिउड सिनेमा ‘जोकर’ बाट प्रभावित भएको भन्दै प्रतिक्रिया दिएका छन्। त्यस मध्येमा केही प्रतिक्रियामा ‘गरिबको जोकर’ अर्थात् हलिउड सिनेमा जोकरबाट प्रभावित नेपाली सिनेमा भन्न खोजिएको छ।

सिनेमाको फस्र्ट लुक्स सार्वजनिक भएसंगै जोकरसंगै यस्को पोस्टर मिलेको भन्ने खालको प्रतिक्रिया आएका थिए। यद्यपी विपिन कार्कीको फरक अवतारलाई राम्रै प्रतिक्रिया मिलेको छ। आशा गरौँ सिनेमा ‘सेल्फि किङ’ नेपाली मौलिक कथामा अब्बल सिनेमा बनोस्। सिनेमाको टिजर हलिउड सिनेमा ‘जोकर’ संग कतिको मेल खान्छ आफै हेर्नुहोस्।


सेल्फि किङलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन्। सिनेमामा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेका छन्। सिनेमामा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका रहेको छ।


गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल सिनेमामा ‘प्रसाद’का निर्देशक दिनेश राउत र सोही फिल्मका निर्माता सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेको सिनेमामा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी, र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ।