नेपाल आइडलको पहिलो सिजनबाट चर्चित बनेका गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो उनको आफै औपचारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। निकै नै मर्मस्पर्षी गीतको भिडियोमा प्रेम वियोगलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

गीतमा शब्द तथा संगीत प्रशान्त पौडेलको रहेको छ। निशानको आवाज रहेको गीतको भिडियोमा अभिनय गायक निशान स्वयंमले गरेका छन्। भिडियोमा निशानको साथमा ऋचा न्यौपानेले साथ दिएकी छिन्।गायक निशानको आवाज संगै अभिनय कलालाई पनि दर्शकले रुचाएका छन्। गीतको भिडियो हेरेर धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। भिडियोलाई प्रविन भट्टराईले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले छायाँकन गरेका हुन्।