नेपाली अभिनेत्री तथा मोडल रिस्ता बस्नेत अभिनित हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ। नेपालमै छायाँकन गरिएको म्युजिक भिडियोमा रिस्तासँगै भारतका चर्चित टिकटकर्स तथा मोडल मञ्जुल कट्टरले मोडलिङ गरेका छन्।

उनी यसै गीतको छायांकनको लागि केही महिना अघि नेपाल आएका थिए। पोखराका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा नेपाली परिवेश र संस्कृतीलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।

‘साथीया तेरे बिना’ बोलको गीतमा कार्तिक कुश र ज्योतिका तंग्रीले स्वर दिएका छन्। शब्द संजिव पाण्डेले लेखेका हुन्।

सम्राट शाक्यले निर्देशन गरेको म्युजिक भिडियोमा कमल राईले कोरियोग्राफी गरेका छन्। पुरुषोत्तम प्रधानले खिचेका भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन भने रंग संयोजन रेनेश फागुको छ।