निर्देशक मिलन चाम्सको मेगा प्रोजेक्ट भनिएको ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक गरिएको छ। सिनेमाको टिजरमा सोमबार सार्वजनिक गरिएको हो। वीर गोर्खालीको कथामा निर्माण हुने सिनेमा केहि समय पश्चात छायांकन सुरु गरिने छ।

सिनेमामा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यु गर्नेछन्। केही हलिउड कलाकार र ५० प्रतिशत हलिउड प्राविधिक रहने सिनेमालाई नेपाली र अंग्रेजी भाषामा तयार गरिने निर्देशक चाम्सको तयारी रहेको छ।

यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने सिनेमाका लागि एक अभिनेत्रीको खोजी भैरहेको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन्।