गायक समिर लिम्बुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘नौ डाँडै काटी’ बोलको गीत मंगलबार समिर लिम्बुको औपचारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। सार्वजनिक गीतको शब्द र संगीत मबिन्द्र राइको छ भने महाराज थापा गीतका एरेन्जर हुन्।

भिडियोमा बिजु पार्की र कबिता नेपालीको अभिनय छ। त्यस्तै बाल कलाकारमा एलिश खनाल र पूजा थापाले साथ दिएका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन बिजु पार्कीकै छ। उत्सब दाहालले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन र रंग संयोजन गरेका छन्।