चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको सिनेमामा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेकाम छन्। मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको सञ्चार माध्यमहरुले जानकारी दिएको छ।

मिडिया रिपोर्टरका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन्। घरका कामदारले प्रहरीलाई बताए अनुसार उनी हिजो देखि निकै तनावमा थिए। ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्कौ चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए। भित्र उनको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए।

सुशान्तले आफ्नो अन्तिम सोशल मिडिया पोष्टमा आफ्ना आमालाई सम्झिदै जीवनलाई क्षणभंगुर अर्थात् क्षणिक, केही बेरमा नाश हुने भन्दै लेखेका थिए। उनले लेखेका थिए, धमिलो अतित आँशुका रुपमा वाफ बनेर उडिरहेको छ।

https://www.instagram.com/p/CA-S3cIDWOx/

सिंहको जन्म पटनामा भएकामे थियो। सुशान्तका चार दिदी बहिनी छन्। सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए। उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ सिनेमामा काम गरेका छन्।