‘नेपाल आइडल सिजन ३’ की प्रतिस्पर्धी ममता गुरुङको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘फेरि भेट नहोला’ बोलको फिमेल भर्सनको गीत ममताको आफ्नै युटुब च्यानलमा सर्वजनिक भएको हो।

नेपाल आइडलबाट उनको स्वर संगसंगै सुन्दरताको पनि चर्चा भएको थियो।गीतमा संगीत र शब्द रिकेश गुरुङको रहेको छ। यसअघि फेरि भेट नहोेलामा रिकेशकै आवाज रहेको थियो। भिडियो छायांकन, स्मपादन र निर्देशन प्रतिक पराजुलीले गरेका छन्।