अभिनेत्री नम्रता सापकोटाले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट आक्रोश पोखेकी छन्। नेपाली सिनेमामा नातावाद भयो भन्दै उनले सामाजिक सञ्जाल मार्फत् आक्रोश व्यक्त गरेकी हुन्।


सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै ‘सरी बट आइ एम रियल्ली नट सरी’ भन्दै कुरा सुरु गरेकी नम्रताले नेपाली सिनेमा क्षेत्रमा देखावटी एउटा कुरा गर्ने र भित्रै अर्कै कुरा गर्नेहरु धेरै रहेको आशय व्यक्त गर्दै आक्रोश पोखेकी हुन्। उनको आक्रोश को प्रति लक्षित भएको हो भन्ने स्पष्ट खुलिएको छैन।

नातावादको कुरा कोट्याउदै नम्रता भन्छिन्, ‘यहाँ निर फिल्म निर्माणको घोषणा हुन्छ। यहाँनेर कलाकार चाहियो भनेर घोषणा गरिन्छ। जब अन्त्यमा कलाकार देखिन्छ। उहाँकै छोरा भतिजा, भाई बहिनी हुन्छ। यहाँ नेर फिल्मको घोषणा गरिन्छ, यहाँ निर यत्ती धेरै रकम लिनु भयो भनेर अर्को दिन छ्यापछ्याप्ती समाचार आउँछ। जुन चिज सुन्दा पनि हामीलाई अचम्म लाग्छ। र त्यो फिल्म कस्ले बनाको हुन्छ? आफ्नै बाबाआमाले बनाएको हुन्छ।’

Sorry but I m really not sorry 🙏Dedicated to the fake people around me Maile bujeko #Nepalifilmindustry Pani 💧

Geplaatst door Namrata Sapkota op Maandag 15 juni 2020


नम्रता अगाडि थप्छिन्, ‘यहाँ निर आफै सिनेमा बनाउछन्।आफै खेल्छन्।’ उनको निराशा र आक्रोश कता तिर लक्षित हो स्पष्ट भएको छैन।