रातामकै अर्थात् किरण केसीको असार १५ गते अर्थात् आज जन्मदिन। हरेक वर्ष असार १५ गते धुमधाम जन्मदिन मनाउदै आएका किरण केसीले यस वर्ष भने सार्वजनिक कार्यक्रम नगरिकनै मनाउने भएका छन्।

आफ्नो जन्मदिनमा कलाकार तथा पत्रकारहरुलाई सम्मान तथा सामाजिक कार्य गर्दै आएका केसीले यस वर्ष कोरोनाको कारण सार्वजनिक कार्यक्रम स्थगित भएको बताएका हुन्। सार्वजनिक कार्यक्रम नगरेता पनि हरेक वर्ष गर्दै आएको सम्मानको कार्यक्रम भने यथावत् रहेको कलाकार किरण केसीले बताए।

‘हामीले यस वर्ष कोरोनाको कारणले अघिल्लो वर्षहरुमा जस्तै सार्वजनिक कार्यक्रम तथा केक काट्ने काम रोकेका छौँ।’ हामीसंग कुरा गर्दै कलाकार केसीले, ‘यस्तो महामारीको समयलाई मध्य नजर गरेर ति कार्यक्रमहरु रोकिएको भएता पनि मेरो जन्मदिनमा यस वर्ष अग्रज कलाकार लक्ष्मी गिरी र रंगपत्रकार डब्बु क्षेत्रीलाई जनही १०/१० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेका छौँ।’

Laxmi Giri

सिनेमा निर्माण तथा कलाकारिताको साथै समाजसेवामा सक्रिय कलाकार किरण केसीले हरेक वर्ष सिनेमा क्षेत्रका कलाकार तथा पत्रकारलाई सम्मान गर्दै आएका छन्। ‘तँ त साह्रै नै विग्रिस नी बद्री’, ‘जे भो राम्रै भो’, ‘सत्रु गते’, ‘दालभात तरकारी’ जस्ता सिनेमा निर्माण गरी सकेका केसी ‘राता मकै’को नामबाट सबै भन्दा धेरै लोकप्रिय रहेका छन्।

Dabbu Kshetri