श्याम शितल र मेलिना राईको स्वरमा रहेको गीत शिरमा शिरफूललाई दर्शकहरुले रुचाएका छन्। एटके एभरेष्ट मोसन पिक्चरर्स युट्युव च्यानलबाट सार्वजनिक भएको गीत एक साता पछि ट्रेण्डिङमा प्रवेश गरेसंगै दर्शकहरुले पनि गीतलाई सकारात्मक प्रतिक्रिया दिएको हो।

नाजिर हुसेन र एलिशा राईलाई फिचर गरिएको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् भने सुबोल थापाको कोरियोग्राफी रहेको छ। श्याम शितलकै शब्द संगीतमा रहेको गीतको भिडियोको निर्माता भने मनोज बस्नेत हुन्।

नविन निरौलाको सम्पादन तथा रंगसंयोजन रहेको गीतको भिडियोमा नाजिर र एलिशा राईको साथमा सुबास श्रेष्ठ र एलिना ठकुरीलाई पनि फिचर गरिएको छ।