कलेज नेपालको ‘आजकालको लब’ बाट ‘जीन्दगीको गोरेटोमा’ भन्ने थेगोबाट चर्चामा आएकी कञ्चन खड्का र प्रथम क्षेत्री फिचर्ड मलाई माया गर्ने को गीतको भिडियो सार्वजनिक भएको छ।

ज्ञानेन्द्र गिरीको शब्द तथा संगितमा रहेको गीतमा विवश विक्रम नायक क्षेत्री र दि भ्वोइस अफ नेपाल २ कि प्रतिस्पर्धी शसिका राईको आवाज रहेको छ।

प्रथम क्षेत्रीको कथा,कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोको डिओपी नवराज उप्रेतीले गरेका हुन्। अनन्त घिमिरेको सम्पादन तथा रंग संयोजन रहेको गीतको भिडियोमा प्रथम र कञ्चनको जोडीलाई धेरैले रुचाएका छन्।