‘पिरिम नलाउनी’ र ‘एक कान दुईकान मैदान’ जस्ता लोकप्रिय गीत दर्शकश्रोता माझ ल्याएका गायक तथा मोडल आशिष सचिनको पिरिम नलाउनीको प्रिक्वेल तयार भएको छ। कोरोनाको त्रासका कारण लकडाउन भएपछि रोकिएको गीतको रिलिज अन्ततः सार्वजनिक हुने भएको छ।

फागु पुर्णीमाको समयमै छायांकन गरिएको गीत ‘पिरिम नलाउनी’को प्रिक्वेल भएको गायक तथा मोडल आशिष सचिनले जानकारी दिएका छन्। अर्को हप्ता शुक्रबार रिलिज गर्न लागेको गीतको टिजर पनि सार्वजनिक गरिएको छ।

हेर्नुस गीतको टिजर

#GalbandiPachhyauri (आरम्भ पिरिम नलाउने )#TeaserReleased #FullvideoJuly10(Ashad26th ) #OSRDigitalPresents सम्पूर्ण दर्शकहरुमा हार्दिक अभिवादनसहित 🙏'गलबन्दी पछ्यौरी'को टिजर यहाँहरु समक्ष सामाजिक सन्जालमार्फत रिलिज गरेका छौ । आगामी साता अषाढ २६ (July 10) गते OSR Digital मार्फत पुरा म्युजिक भिडियो पनि रिलिज गर्दैछौ । कोभिड १९ (कोरोना)को महामारी र लकडाउनको कारण हामी सबै त्रसित छौ एवं अबका दिन यसको असर कस्तो हुने हो ? भन्ने अन्योलमा पनि छौ । हामी सबैको मनमा डर छ, यद्धपि मनलाई तरोताजा बनाउनका लागी पनि OSR DIGITAL Present’s "गलबन्दी पछ्यौरी" म्युजिक भिडियो यहाँहरुका लागि सहयोगी खुराक हुनेछ भन्ने विश्वास लिएका छौ । अर्को साता रिलिज हुने "गलबन्दी पछ्यौरी" म्युजिक भिडियोलाई यसको सिक्वेल भिडियो "पिरिम नलाउने"लाई जसरी अपार माया गर्नुहुनेछ भन्ने कुरामा हामी आशाबादी छौ । अहिले चाँही "गलबन्दी पछ्यौरी" को यो टिजर स्विकार गरिदिनुहोला । ♥️U All धन्यवाद 🙏#Team_GalbandiPachhyauri #pirimnalaaune #aashishsachin #melinarai #barsharaut #reshmaghimire #osrdigital #nabinniraula #pawankhatiwada #myakuri #himalsagar #narendrabiyogi #singelama #dipingautam #arbinkhadka #arshinabhattarai #tridentconcept #prabhatlama #subratrajacharya #gamvirbista #arjuntiwari #jeevathapa #dipaksharma #musicvideoteaser

Posted by Aashish Sachin on Friday, July 3, 2020

सुव्रतराज आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक स्वयम् को साथमा वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी लगायतको अभिनय रहेको छ।

नेपालको लोपोन्मुख मौलिक काठे रोटे पिङ, मेला हाटबजारलाई प्रवद्र्धन गर्ने हेतुले पनि निर्माण गरिएको गीतको बोल ‘गलबन्दि पच्छ्यौरी’ रहेको छ। ‘गलबन्दी पच्छ्यौरी’ यस अघि दर्शकले अत्याधिक मन पराइएको ‘पिरिम नलाउनी’ अघिको कथावस्तुलाई देखाउन खोजिएको निर्देशक आचार्यले बताए।