अभिनेत्री पूजा शर्माले ७२ प्रदेश, १४ जिल्ला भनेपछि आलोचना तथा विवादमा परेपछि निर्देशक सुदर्शन थापाले त्यसको बचाउ गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै पूजाको सामान्य ज्ञानको बचाउ गरेका हुन्। उनले स्टाटसमा एउटा डाक्टरलाई तीन जना राष्ट्रिय कलाकारको नाम नआउनुले उनको पेशामा खास असर नपरेको तर कलाकार माथि कलाकार्मी र पत्रकारहरुबाटै दुव्र्यवहार भएको भन्दै गुनासो समेत पोखेका छन्।

पढ्नुहोस् सुर्दशनको स्टाटस

उनले सामान्य ज्ञान भएका कलाकारमा पनि कलाकारिताको ज्ञान नहुदाँ घरमै बस्नु परेको तर्क पेश गरेका छन्। पूजाको सामाजिक सञ्जालमा सामान्य ज्ञानको चर्को आलोचना र माजक उडाउने प्रति लक्षित गर्दै सुदर्शन लेख्छन्, ‘एउटा कलाकारलाई जिल्ला, अञ्चल र प्रदेशको बारेमा थाहा नहुदा उसको कलाकारीतामा केहि फरक पर्ला जस्तो लाग्दैन, अभिनय, नृत्यको साथै कलाकारीता संग सम्बन्धित कुराहरुको बारेमा थाहा नहुदा चाहि फरक पर्ने हो।’

अभिनेत्री पूजा शर्माले केही समय अघि एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा कति प्रदेश छन्? कति जिल्ला छन् भन्ने प्रश्नमा ७२ वटा प्रदेश र १४ अञ्चल भनेपछि विवादमा तानिएकी हुन्।