नेपाली म्युजिक भिडियो इतिहासमै सर्वाधिक धेरै पटक हेरिएको ‘पिरिम नलाउने’को सफलता पश्चात आशिष सचिनको नौलो प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ। ‘पिरिम नलाउने’ समूहकै सहभागितामा ‘गलबन्दि पच्छ्यौरी’ तयार भएको गायक आशिष सचिनले जनाए।

कोभिड १९ को प्रभावको विच ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ। गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको गलबन्दी पच्छ्यौरी आज काठमाण्डौँमा एक कार्यक्रम गरेर पत्रकार सम्मेलन मार्फत गीत सार्वजनिक गरिएको हो। सामाजिक दूरी र आवश्यक सावधानी अपानाएर कार्यक्रम गरि गीतको भिडियो सार्वजनिक गरिएको थियो।

कार्यक्रममा ‘पिरिम नलगाउने’ र ‘एककान दुई कान गीत’ युट्युबमा करोडौँ पटक हेरिएको भन्दै सेलेब्रेसन समेत गरिएको थियो। लकडाउन हुनु पुर्व छायांकन गरिएको गीतको भिडियो पछिल्लो समयमा काठमाण्डौँमा लकडाउन केही खुकुलो हुदाँ सिमित पत्रकारहरुको विच कार्यक्रम सम्पन्न भएको हो।


४ दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको गीतको भिडियोलाई दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन्।

ओ एस आर को निर्माण रहेको गीतमा गायक आशिष सचिन र मेलिना राईको स्वर रहेको छ। दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्।


गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आशिना भट्टराई लगायतकाको अभिनय रहेको छ।


ओ एस आर को आधिकारी युट्युव च्यानलमा सार्वजनिक भएको यस गीको भिडियोलाई अर्जुन तिवारी र टिमले क्यामेरा चलाएका छन्। नविन निरौलाको सम्पादन रहेको गीतमा आर्ट सिंंगे लामाको रहेको छ।