भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चनलाई कोरोना संक्रमणको पुष्टि भएको छ। शनिबार बेलुका अस्पताल भर्ना भएका अमिताभलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। आफूलाई कोरोना पोजिटिभ देखिएको बच्चनले ट्विट मार्फत जानकारी दिएका छन्।

बच्चनले आफ्नो परिवारको सदस्य र कर्मचारीहरुको पनि कोरोना जाँच भएको र रिपोर्ट आउन बाँकी रहेको उल्लेख गरेका छन्। उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।


कोरोनो पोजेटिभको रिपोर्ट आएपछि बच्चनलाई थुप्रै शुभचिन्तकहरुले सुस्वास्थ्यको कामना गरेका छन्।उनका चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायतका सिनेमाहरु आउने क्रममा रहेका छन्।