‘हल्का रमाइलो’का ‘राजुमास्टर’ अर्थात् राजु पौडेलको नक्कली आइडी बनाएर पैसा ठगी गरेको खुलासा भएको छ। ‘राजु मास्टर’ नामक एक फेसबुक आइडी बाट एक व्यक्तिलाई म्यासेजमा १२ हजार रुपैयाँ तुरुन्त हालिदिनका लागि म्यासेज आएपछि सो रहस्य खुलेको हो।


यसबारेमा कुरा गर्दै बल्छि धुर्वे अर्थात् मरिचमान श्रेष्ठले भने, ‘दाईको नामबाट कसैले फेक आइडी बनाएर पैसा मागेको भन्ने खबर राजु दाई र मैले थाहा पाएँ। हाम्रै नजिकको मान्छेहरुलाई पैसा मागेको थाहा पाएपछि हामीलाई गुनासो समेत आइपुग्यो। हामी कहाँ म्यासेन्जर च्याटको स्क्रिन सट पनि आइपुगेको छ। च्याटमा भएको बैङ्कको खाता नम्बर र नामबाट पनि को रहेछ भन्ने कुरा पत्ता लगाउने काम भइरहेको छ। सुने अनुसार अरुलाई पनि यसै गरी ठगी गरेको छ भन्ने छ। राजु मास्टरको नाममा फेक आइडी बनाएर त्यसको दुरुपयोग गरेर के कती ठगी गरेको हो त्यो पत्ता लगाउने काम हुदैछ।’


साथै ‘बल्छि’ले त्यस्ता फेक आइडीबाट ठगी हुन सक्ने हुदाँ सचेत भएर बस्न पनि अनुरोध गरेका छन्। कसैले बैङ्कको खाता नम्बरमा पैसा हाली दिन अनुरोध गरेमा त्यस्तो पैसा हाल्ने काम नगरी दिनका लागि अनुरोध समेत गरेका छन्।


राजु मास्टर’को नक्कली आइडी बाट आएको म्यासेजमा जितेन्द्र सिग्देल नामको व्यक्तीको कुमारी बैङ्कको खाता नम्बर दिएका छन्। राजु पौडेल यतीबेला काठमाण्डौँ बाहिर रहेकाले काठमाण्डौँ आएलगत्तै कानुनी पक्रियामा जाने बताएका छन्। घट्नाको बारेमा आज विहान मात्रै थाहा भएको बल्छीले जनाएका छन्।