“फोटो फिरिममा”बोलको गीतको मेल भर्जन सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गीतमा चर्चित गायक प्रताप दासको सुमधुर आवाज रहेको छ।

यस भन्दा अगाडि फिमेल भर्जनमा नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले आवाज दिएकी थिइन्। उनको आवाजमा रहेको गीतलाई दर्शक स्रोताले रुचाएका थिए। जुन गीतलाई हालसम्म युटुबमा ४८ लाख भन्दा बढी पटक हेरिएको छ।

मेल भर्जनमा पनि प्रतापको आवाज निकै उत्कृष्ट रहेको छ। उनको आवजमा यो गीतलाई दर्शक स्रोताले अत्याधिक प्रतीक्षा गरेका थिए। गीतमा शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ।

गीतको भाव अनुसार भिडियो पनि कलात्मक शैलीमा बनेको छ। भिडियोमा शिशिर भण्डारी, रिस्ता बस्नेत, निक शर्मा, श्रद्धा गौतम, नीरआयु गौतम र निर्मल न्यौपानेको अभिनय रहेको छ।

भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन्। भिडियोमा कथा तथा परिकल्पना शिशिर भण्डारीकै रहेको छ। अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् भने रंग संयोजन दिन्सन शाहले गरेका छन्। गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।