महानायक राजेश हमालका भाई राकेश हमालको निधन भएको छ। राकेशको बुधबार दिउसो उपचारको क्रममा दिल्लीमा निधन भएको बताइएको छ।

अभिनेता हमालका भाई राकेशको भारतको दिल्लीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनको कलेजोमा समस्या आएको कारण पछिल्लो केही समययता उपचार भईरहेको थियो।

रोकशका एक श्रीमती र दुई सन्तान रहेका छन्। राजेश हमालका एक मात्र भाई राकेश समाजसेवी पनि हुन्। राजेश र राकेश वीच झण्डै डेढ वर्षको मात्रै फरक रहेको छ। अभिनेता राजेशका तीन दिदीबहिनी र एक भाई राकेश हुन्। उनको पार्थिव शरीर नेपाल ल्याउने प्रयत्न भईरहेको पारिवारिक श्रोतले जनाएको छ।

केही समय अघि आर्टिष्ट खबरले राजेशसंगै उनका भाई र दिदीसंग लिईएको एक अन्र्तवार्ता पनि हेनुहोस्..