पछिल्लो केही साता राजेश हमाल चर्चामा रहेका छन्। महानायक विवादसंगै चर्चामा आएका राजेश पछिल्लो केही दिन यता पारिवारिक वियोगको सामाना गरिरहेका छन्।

उनका एक मात्र सहोदर भाई राकेश हमालको निधन भएपछि उनीका शुभचिन्तक र प्रशंसक पनि राजेश जती नै दुखी भएका छन्। पारिवारिक वियोग खेपेका राजेशलाई धेरैले सहानुभूति र समवेदना प्रकट गरिरहेका छन्।

उपचारका क्रममा दिल्लीमा निधन भएका भाई राकेशको शव शुक्रबार काठमाण्डौँ ल्याएर हिन्दू परम्परा अनुसार अन्त्योष्टि गरियो। त्यसक्रममा अभिनेता राजेश हमाल भावविह्वल भएका तस्विरहरु पनि बाहिरिए।

आफ्ना भाईको वियोग र शोकमा रहेका राजेशले २४ घण्टा नवित्दै सामाजिक सञ्जालमा पोष्ट गरेको कुराले भने धेरैलाई अचम्मित तुल्याएका छन्। उनले आफ्नो छेऊमा चिल उडेको तस्विर शेयर गर्दै सुन्दर दिन भन्दै क्याप्सन लेखेका छन्। भाईको अन्त्योष्टि भएको २४ घण्टा नवित्दै राजेशको दिन कसरी सुन्दर भयो ? निकै अर्थपुर्ण रहेको क्याप्सन देखेरे केहीले हमालले पिडा भुलाउन खोज्दै छ भन्ने अनुमान गरेका छन्।

कतिपयले राजेशको शैलीलाई लिएर अचम्म मानेका पनि छन्। हुन तः राजेशले आफ्ना पिताको निधन पछि कपाल नकाटेको विषयले निकै चर्चा पाएको थियो। तत्कालिन समयमा उनको कपालको महत्व निकै थियो भनेर पनि चर्चा गर्ने गरिएको छ।