नेपाल आईडलबाट चर्चित सागर आलेको नयाँ गीतको भिडियो ‘सम्झना’ सार्वजनिक भएको छ। सुरज तामाङको शब्द तथा संगीत रहेको गीतमा सागरको आवाज रहेको छ।

सागर आले कै अभिनय रहेको गीतको भिडियोमा उर्मिला गुरुङ जोडीको रुपमा प्रस्तुत भएका छन्।

प्रेम र वियोगको कथालाई आकर्षक शैलिमा प्रस्तुत गरिएको गीतको भिडयोमलाई अनिल कटवालले निर्देशन, सम्पादन तथा खिचेका हुन्।