राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ। राष्ट्रकविको जन्म वि सं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको हो। राष्ट्रकवि स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेखहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ तारादेवि तथा ‘आजै र राति के देखेँ सपना’ नारायण गोपालले गाएका छन्। उनी वि सं २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।