नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदी विच विवाद अन्ततः वार्ता बाटै टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो।

दुई पक्ष विच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ।

साथै, अब प्रकाशले संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष सचेत रहने कुरा उल्लेख छ।

संचारकर्मी प्रकाश सुवेदीले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत् आफूलाई लक्षित गरेर अपशब्द प्रयोग गरेको भन्दै नायिका पूजा शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन्। कार्यक्रमबाट प्रकाशले माफी मागे पनि पूजाले माफी माग्नै शैली प्रति असन्तुष्टि जनाएकी थिइन्।