‘पशुपतीप्रसाद’ तथा ‘आमा’ जस्ता सिनेमा निर्देशन गरेका निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’को घोषणा तथा प्रदर्शन मिति तय गरिएको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिदै दीपेन्द्रले अर्को वर्षको भदौ ११ अर्थात् वि सं २०७८ साल भदौ ११ गते प्रदर्शन हुने गरी ‘चिसो मान्छे’को काम सुरु गर्न लागिएको जानकारी दिएका छन्।

डि एस डिजिटल प्रा लिको ब्यानरमा बन्न लागेको सिनेमा ‘चिसो मान्छे’ को लेखक तथा निर्देशन दीपेन्द्र के खनाल स्वयमले गर्ने छन्। यस सिनेमामा सर्मिला पाण्डेको निर्माण रहनेछ।

निर्देशक खनालले नै छायांकन गरिने सिनेमाको कलाकारहरुको बारेमा भने जानकारी गराइएको छैन।