नेपाल आईडल सिजन ३ को उपाधीको होडमा रहेका गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक भएको छ। मेलिना राई र किरणको स्वर रहेको ‘गुलेलीमा’ बोलको गीत आइतबार सार्वजनिक भएको हो।

तारा अधिकारीको शब्द तथा दीपक शर्माको संगीत रहेको रोमान्टिक गीतमा अभिनेता नाजिर हुसेन र नायिका रेविका कार्की फिचर्ड भएका छन्। गाउँले परिवेशमा युवायुवतीले गर्ने प्रेमको शैलीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतलाई सान थापाले निर्देशन गरेका हुन्।

राजिव समरको कोरियोग्राफी रहेको गतिलाई अर्जुन तिवारी एण्ड टिमले खिचेका हुन् भने इन्टेन्स एल्ड ले सम्पादन गरेका छन्। गीतको भिडियोलाई सुप्रिम पराजुलीले रंगसंयोजन गर्ने काम गरेका छन्।