आम मानिसमा नेपाली सिनेमाको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ। चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेका छन्।

समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गरिनेछ। आगामी वर्षदेखि विद्यालय स्तरबाटै सिनेमा बारे पढ्न पाईने विकास बोर्डको जनाएको छ। निमावी तहदेखि कलेज र सबै क्याम्पसहरुमा सिनेमा बारे शिक्षा पठनपाठन गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्नेछ। सिनेमाको इतिहास जिवित रहनेछ।

अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा सिनेमाको विषयलाई समेट्न लागिएको हो। शुरुमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा सिनेमालाई समेट्ने तयारी गरिएको छ। त्यसपछि सबै विद्यालय र कलेजहरुमा फिल्मको विषय पनि पढ्न सकिनेछ। यसले भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित गर्ने अपेक्षा राखिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए।

विकास बोर्डका अनुसार स्कुल तहदेखि नै सिनेमाको ईतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए। उनका अनुसार ढिलोचाँडो यसको शुरुवात हुदैछ। यो चलचित्र विकास बोर्डको लागि मात्र हैन, आम नेपालीहरुको लागि सुखद् पक्ष पनि हो। सिनेमाबाटै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागि पनि यो आवश्यक रहेको बोर्डले जनाएको छ।