अभिनेता दीलिप रायमाझी र अमृता तामाङ अभिनित ‘ओइ साइँली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। निमा पाख्रिन लामाको आवाजमा रहेको तामाङ सेलो शैलीको गीतमा दीलिप र अमृता देखिएका हुन्। समय सुनुवारको शब्द संगीतमा रहेको गीतमा दीलिप र अमृता संगै निमा पनि प्रस्तुत भएका छन्।

पासाङ्ग योञ्जन लामाको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ। सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको गीतको भिडियोलाई शुशिल न्यौपानेले सम्पादन गरेका हुन्। म्युजिक भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।