चर्चित हाँस्यकलाकार तक्मेबुढा उर्फ विल्सनविक्रम राईलाई नेपाल सरकारको तर्फबाट पदक प्रदान गरिएको छ। उनलाई किर्तिमय राष्ट्रदिप चतुर्थ प्रदान गरिने भएको हो।

संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सरकारले विभिन्न विधानमा ख्याती कमाएका व्यक्तित्वहरुलाई किर्तिमय राष्ट्रदिप प्रदान गर्ने भएको हो। कलाकार तक्मेबुढा सहित ८ जनालाई सरकारले सो पदक प्रदान गर्ने निर्णय गरेको छ।
दिवसको अवसरमा घोषणा गरिएको पदक आउँदो बैशाखमा गणतन्त्र दिवसको अवसरमा शितलनिवासमा विशेष समारोहबाट प्रदान गरिनेछ।

यसअघि कलाकार राईले प्रबल जनसेवा श्री चौथो पदकबाट विभूषित भईसकेका छन। ‘मेरिबास्सै’ हाँस्यटेलिसिरियलबाट तक्मे बुढाको उपनामले चर्चित कलाकार विल्सन निरन्तर सिनेमा, संगीत तथा हाँस्यव्यङ्ग्यमा सक्रिय रहेका छन्।