अभिनेता धिरेन शाक्य दुई छोरीका पिता हुन्। उनको जेठी छोरी जस्मिन शाक्य यतीबेला उच्च शिक्षा हासिल गरिरहेका छन्। आर्मी शिक्षाको लागि प्लस टु गरिसकेकी जस्मिन पछिल्लो समय गीत गाउनमा पनि निकै शोख राख्छिन्। अभिनेता धिरेन शाक्य र उनकी ठूली छोरी एकसाथ पहिलो पटक मिडियामा अन्तर्वाता दिदै यस्तो कुरा खुलासा गरेकी हुन्।


आफ्नो रहर आर्मी बन्ने भएको भएता पनि त्यसमा सफलता हात पर्न नसकेपछि विस्तारै सिनेमा क्षेत्र प्रति आफ्नो मोह बढेको जस्मिनले प्रतिक्रिया दिईन्। नेपाली सिनेमा क्षेत्रमा दोस्रो पुस्ताको प्रवेशका कारण आफूलाई पनि यस क्षेत्रमा आउने रहर जाग्दै गरेको बताईन्। विशेष गरी एक्सन सिनेमामा रुचि भएको बताउने जस्मिनले आफ्नो आइडल हिरोहरुमा राजेश हमाल र आफ्ना पिता धिरेन शाक्य भएको बताईन्।


यता अभिनेता धिरेन शाक्यले छोरीको चहाना भएको भए सिनेमामा प्रवेश गर्न कुनै रोकतोक नभएको प्रतिक्रिया दिए। तर यसका लागि आवश्यक ज्ञान र सिप लिन आवश्यक भएको बताए।

अभिनेता धिरेनका लागि छोरी जस्मिन विशेष भएको भन्दै उनकै नामबाट आफ्नो घरको नाम जस्मिन होम भनेर नामाकरण गरेका छन् भने जस्मिन कै नामबाट विभिन्न कम्पनी खोलेका छन्। धिरेन आफैले छोरीको नाम राखेको कारण पनि उनको लागि छोरी निकै विशेष भएको बताउछन्। पहिलो पटक मिडियामा आएका अभिनेता धिरेन र छोरी जस्मिनको प्रेम यस्तो रहेको छ।

interview: