‘मीठो साह्रै मीठो’, ‘कवि देवकोटा’ जस्ता हिट गीतका चर्चित गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको ‘आकाशै को’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ। आनन्द राईको संगीत रहेको गीतमा डा राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ।

दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ। र कानुन विषयमा स्नातक गरेका रोचक हाल एभरेस्ष्ट फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेका छन्। त्यस्तै ‘फेस अफ क्लासिक डायमंड २०१७’ विजेता मुनाले केहि समय अघि ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडियोमा पनि अभिनय गरेकी थिईन्। केहि नेपाली सिनेमामा समेत काम गरिसकेकी मुनाले यसै भिडियो मार्फत कमब्याक गरेकी हुन्। भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

बिशाल प्रजापतिको छायांकन र उज्वल ढकालको सम्पादन रहेको भिडियोको छायांकन होटेल याक एण्ड यति, होटेल साम्बाला, रिगल स्टुडियो, बबरमहल रिभिजिटेड साथै हेलम्बुको मनमोहक स्थानमा गरिएको छ।

गायिका अस्मिता परियारको यो दोस्रो गीत हो । केहि समय अघि उनले ‘कुन शुरुवात’ बोलको गीत सार्बजनिक गरेकी थिईन्।