अभिनेता कर्मा शाक्य पछिल्लो समय रेष्ट्रोरेन्ट व्यवसायमा सक्रिय भएका छन्। कोरोनाको प्रकोपसंगै लकडाउन भएपछि उनी आफ्नौ फेमिली विजनेस सम्हाल्न लागि परेका हुन्। केही दिन अघि कर्मालाई हामीले उनकै मोमो किङ रेष्ट्रोरेन्ट एण्ड वियर गार्डेनमा भेटेका थियौँ।

काठमाण्डौँको उत्तरढोकामा रहेको रेष्ट्रोरेन्टमा पछिल्लो समय कर्माको दैनिकी व्यतित हुन्छ। किन व्यवसायमा लाग्नु भएको भन्ने हाम्रो जिज्ञासामा कर्माले भने, ‘कोरोना पछिको समयले फुर्सदिलो बनायो। यो समयलाई उपयोग गर्दै फेमिली विजनेसको रुपमा रहेको यो रेष्ट्रोरेन्ट र होटल हिरण्यलाई सञ्चालन गरौँ र अनुभव लिऊँ भन्ने मनसायले यसमा संलग्न भएको हुँ। किनकी आफ्नो व्यवसाय पनि पछि गएर सम्हाल्नु पर्छ। काम सिकौँ भन्ने हिसाबले यसमा व्यस्त भएको हुँ।’

पैतृक सम्पतीको रुपमा रहेको ८० वर्षे पुरानो राणाकालिन भवनलाई यति बेला होटल हिरण्य को नाममा परिणत गरिएको छ। कर्माको जन्मघर समेत रहेको सो भवन यती बेला व्यवसायिक रुपमा होटल बनेको छ। ५ रोपनी क्षेत्रफलमा रहेको सो होटल तथा रेष्ट्रोरेन्टमा स्तरीय आवास र खानाको लागि उपयुक्त रहेको छ।

कर्माको जन्मघर समेत रहेको होटल हिरण्य तथा मोमो किङ एण्ड वियर बारको अवलोकन गर्न हामी पुगेको थियौँ। कर्माले आफ्नो जन्म घर तथा होटल यसरी घुमाएका थिए। हेर्नुहोस् भिडियोमा