गायिका ममता गुरुङ र गायक समिर मोक्तानको नयाँ गीत सार्वजनिक भएको छ। ‘काफल गेडी कुटुक्कै’ बोलको गीतको म्युजिक भिडियो “डश म्युजिक नेपाल’ युटुब च्यानलमा सार्वजनिक भएको हो। डि पी खनालको शब्द रहेको गीतमा शकंर थापा ‘स्माईल’ को संगीत छ। गीतका एरेन्जर उदय राज पौडेल हुन्।

भिडियोमा सुशान्त खत्री र एलिशा राईको अभिनय रहेको छ। सार्वजनिक भिडियोका सुशान्त खत्री कोरीयोग्राफर समेत हुन्। राजिव समरले निर्देशन गरेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छाँयाकन रहेको छ।