अभिनेत्री स्वस्तिमा खड्कालाई अब नाटकमा पनि देख्न पाइने भएको छ। नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले अभिनय गर्न लागेकी हुन्।

थिएटर भिलेजका विमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्। चाँडै मञ्चन हुने तयारी गरिएको नाटकमा स्वस्तिमाले ‘पल्पसा’ पात्रको भूमिकामा अभिनय बताइएको छ। अहिले यसको रिहर्सल चलिरहेको छ।

पहिलो पटक नाटकमा अभिनय गर्न लागेका कारण उनी निकै उत्साहित छिन्। बुलबुल सिनेमाबाट अभिनयको निकै प्रसंसा बटुलेकी अभिनेत्री खड्काले नाटक अनुभव लिन लागेकी हुन्। नाटक सकिएपछि उनी दीपेन्द्र के खनालको सिनेमा‘चिसो मान्छे’को छायाँकनमा व्यस्त रहनेछिन्।

नम्रता श्रेष्ठ, राजेश हमाल जस्ता फिल्मी कलाकारहरुले नाटकमा काम गरिसकेपछि अब स्वस्तिमालाई पनि नाटकमा देख्न पाईने भएको हो। नेपाली सिनेमामा रंगमञ्चका कलाकारको बचश्र्व रहेको समयमा फिल्मी कलाकारको पनि रंगमञ्च प्रवेशलाई सकारात्मक र उत्साहपुर्ण रुपमा लिन सकिन्छ।

यो पनि हेर्नुहोस्: