कोरोनाका कारण ठप्प भएको सिनेमा हलहरु अन्ततः सरकारले खुलाउने निर्णय गरेको छ। नेपाल सरकारको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको हो। सरकारले सिनेमा हल खुलाउने निर्णय पौषको २६ गते गरेपनि त्यसको १५ दिन अगाडि नै सिनेमा हल संचालकहरुले हल खुलाउने निर्णय गरिसकेका थिए।

उनीहरुले एकतर्फी रुपमा हल खुलाए पनि दर्शकलाई हलसम्म फर्काउन भने सकेका छैनन्। सिनेकर्मीहरुले एक तर्फी हल खुलाएर आमा र सेन्टिभाइरस प्रदर्शनमा ल्याएका थिए। मन्त्रीपरिषद्ले चैत्र ११ गतेदेखि बन्द रहेका हल खुलाउने निर्णय गरेसँगै औपचारिक रुपमै हल खुलेका छन्। तर, कोभिडको जोखिम बढेको खण्डमा हल बन्द हुन सक्नेछन्। सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खुलाउने निर्णय गरेको हो।

यसलाई सिनेकर्मीहरुले स्वागत गरेका छन्। उनीहरुले अब सिनेमा क्षेत्रलाई सहज रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन्। प्रदर्शकहरुले माघ १ गतेबाट नयाँ नेपाली सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन गर्ने तयारी पनि गरेका छन्।