अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने सिनेमा ‘गणपति’ को छायांकन सुरु भएको छ। बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट सिनेमाको छायांकन सुरु भएको हो। सिनेमाको छायांकनका लागि निर्माण टिम बुधवार काठमाण्डौँबाट त्यसतर्फ प्रस्थान गरेको थियो। गाउँले परिवेशमा खिचिने सिनेमाको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ।

सिनेमालाई सविन अधिकारीले निर्देशन गरिरहेका छन्। उनकै कथा, पटकथा तथा संवाद रहेको सिनेमामा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन्। सिनेमामा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि।एल लगायतको अभिनय रहनेछ।

भगवान र मानिसबीचको फरक देखाइने सिनेमामा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहनेछ। सिनेमामा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकारको रुपमा छन्।

सिनेमाको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन्। त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको सिनेमाको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ। निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि सिनेमामा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने जानकारी दिएका छन्।

यो पनि हेर्नुहोस्