समाजिक बिषयमा ‘बिहे पास’ नामक सिनेमा निर्माण हुने भएको छ। प्रवेश पौडेलले निर्देशनमा बन्ने सिनेमामा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन्। प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए।


रोहित कट्टेलको प्रस्तुति रहेको सिनेमाको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन्। आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन्।


आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी रहेको छ। सामाजीक बिषयमा प्रचुर मात्रामा हास्यरस मिसाएर निर्माण गरिन लागीएको फिल्मको सुटिङ तराई भेगमा गरिने बताइएको छ।

यो पनि हेर्नुहोस्: