काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले शनिवार आफ्नो सातौं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका एवं संचारकर्मी कोमल ओली प्रमूख अतिथीको रुपमा उपस्थित थिईन्।

कार्यक्रममा शुभकामना दिँदै ओलीले स्थापना काल देखि नै आफू श्रृजना पोखरेलले संचालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताईन्। ‘म शुरु देखि नै यो फेसन हाउससँग जोडिएकी छु। यहाँका हरेक कस्ट्युम फिट पाएकी छु। म यहाँका कस्ट्युम लगाउन पाउँदा भाग्यमानी ठानेकी छु’, कोमलले भनिन्। ओलीले आफ्नो सुन्दरताको तारिफ आँफैले गरिन्।

अन्य महिलाहरुलाई प्रेरणा प्रदान गर्ने उद्देश्य सहित उनको भनाई थियो, ‘मैले आफुले आफुलाई निकै राम्री देख्छु। बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु। वाह कोमल ओली तिमी कति राम्री छौ भन्छुु।’ उनले थपिन्, ‘आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन। आँखाहरुलाई इष्र्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ।’

कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले विगत सात बर्ष देखि आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन्। नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाईन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताईन्।

गायिका सुनिता दुलालले आफू सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन्। सिल्क फेसनद्वारा सम्मानित समेत भएकी गायिका दुलालले यहाँका हरेक डिजाईन र गुणस्तर तारिफयोग्य रहेको बताइन्।

कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा बरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य थिइन्। गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायि सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायि शैलजा अधिकारीलाई सातौं बार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो।

यो पनि हेर्नुहोस्