समसामयिक हास्य कथामा निर्माण गरिएको सिनेमा ‘चुरीफुरी’ ०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ। निर्देशक ऋषिराज आचार्यले सिनेमाको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै प्रदर्शन मिति जानकारी गराएका हुन्।

फस्र्टलुक पोस्टरमा डेब्यु नायक अभिषेक श्रेष्ठका साथमा डेब्यु नायिकाहरु पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका अनि रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित छक्क परेका छन्।

आरबि मुभीजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको सिनेमा राहुल राईले खिचेका हुन्। बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सहनिर्माता रहेको सिनेमाका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य,बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ। भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको सिनेमामा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ।

यो पनि हेर्नुहोस्