वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ। सोमबार आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोरोना पोजेटिभ भएको जानकारी गराएका छन्।

वैशाख १ गतेकै दिन देखि सन्चो नभए पछि आराम गरेका श्रेष्ठका छोरा यमन श्रेष्ठलाई कोरोना देखाएको थियो। हामीसंग कुरा गर्दै यमनले भने, ‘पछि परिवारका सबै जनालाई स्वास्थ्य परिक्षण गर्दा कोरोना भएको पुष्टि भएको देखियो। मलाई हिजो अस्ती भन्दा धेरै नै आराम भए पनि बुवालाई भने सन्चो नभएको कारण आराम गरिराख्नु भएको छ। डाक्टरको सल्लाह बमोजिम औषधीउपचार भईरहेको छ।’


यता मदनकृष्णले सामाजिक सञ्जाल फेसबुकमा कोरोनाले सास्ती दिएकोले सचेत भएर बस्न अनुरोध समेत गरेका छन्।