कर्णाली प्रदेशको विकट जिल्ला हुम्लाको कथा व्यथामा आधारित रहि तयार भएको गीत
‘रेलको बाटो’को फिमेल भर्सन सार्वजनिक भएको छ। यसअघि मेल भर्सनमा आईसकेको यो गीतले दर्शकले निकै रुचाएको छ।

मेल भर्सनमा संगीतकार सुरज पण्डितले नै स्वर दिएका थिए भने फिमेल भर्सनमा स्मृति शाहीको स्वर रहेको छ। गीतका शब्द रचनाकार लेखराज गिरी हुन्।

लक्ष्मण सुनारले निर्देशन गरेको भिडियोमा चिरन्जिबी सापकोटा, सरस्वति खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ।

हुम्लामा नै पुगेर छायांकन गरिएको यस भिडियोका डिओपी अरुन अशोककुमार हुन् भने पदम सुवेदीले सम्पादन गरेका छन्।