हाँस्य कलाकार राजाराजेन्द्र पोखरेलको लिरिकल भिडियो ‘आमा जननी मेरी माता’ सार्वजनिक गरिएको छ। नजिकिदै गरेको मातातिर्थ औंसीको अवसर पारेर समस्त आमाहरुको लागि सम्मानमा गीत सार्वजनिक गरेका हुन्।

लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र बच्चाको सम्बन्धलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

राजा राजेन्द्रकै स्वर, संगीत तथा शब्दमा तयार गीतको लिरिकल भिडियो राजा राजेन्द्र अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतको संगीत संयोजन भने दिक्षित पौडेलको छ ।

रेकर्डिङ, मिक्सिङ र मास्टरिङ ज्योती रेकर्डस्मा फिरोज बज्राचार्यले गरेका छन् । लिरिकल भिडियोमा बिराज भण्डारीले पातमा बनाएको कला देखिन्छ । यो भिडियो दिबश हुँमागाई, सन्जिप श्रेष्ठले बनाएका हुन् ।

हाँस्यव्यङ्ग्य कलाकारको रुपमा चर्चित राजाराजेन्द्र गायनमा पनि उतिकै दख्खल राख्छन्। २०६१ र ०६८ साल गरी २ वटा गीती एल्बम निकाली सकेका राजाराजेन्द्रको यस अघि ‘पिरतीको चस्मा’ वोलको गितलाई दर्शकले रुचाएका छन्।