चर्चित हाँस्य टेलिसिरियल ‘तितो सत्य’मा दीपक र दीपाको छोराको भूमिकामा देखा पर्ने बाल कलाकार राज आचार्य फेरि अभिनयमा फर्किएका छन्। उच्च शिक्षा हाँसिल गर्न भारत पुगेर सिए बनेपछि राज जवान भएर नेपाल फर्किएका छन्। भारतबाट फर्किए पछि उनले एउटा रोमान्टिक गीतको भिडियोमा अभिनय गरेका छन्।

‘कर कर’ बोलको गीतको भिडियोमा राजसँगै टिकटकस्टार उषा उप्रेतीको अभिनय छ। यो भिडियो नै राजको पहिलो भिडियो हो।

राजकै पिता शंकर आचर्य ‘वरिष्ठे’ ले लेखेको गीतमा टंक बुढाथोकी र मेलिना राइको स्वर रहेको छ। टंल बुडाथोकीको नै संगित रहेको गीतको भिडियोलाई मुस्ताङ र पोखरामा छायांकन गरिएको हो। नबराज उप्रेतीले खिचेको भिडियोमा नवीन निरौलाको सम्पादन तथा गम्भीर बिष्टको निर्देशन रहेको छ।

राज अचार्य वरिष्ठ कलाकार शंकर आचार्यका छोरा हुन्। शंकर अहिले ‘हजुर बरिस्ठ हस्त नमस्ते’ थेगोबाट परिचीत छन्। टेलिसिरियल भद्रगोलमा उनको नाम नै बरिस्ठे छ। उनै शंकरका छोरा राजले बाल कलाकारको रुपमा धेरै टेलिसिरियलहरु खेली सकेका छन्। जसमध्ये तितो सत्य एउटा हो, केही सिनेमाहरुमा पनि अभिनय गरेका छन्।