गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘सानुमाया ’ गीतको भिडियो सार्वजनिक भएको छ।

किरण दाहाल र बिबेक मगरको निर्देशन तथा कथा रहेको ‘सानुमाया ’ को भिडियोमा जिबेश गुरुङ र दिया जी सीको अभिनय रहेको छ।

यस गीतमा शब्द तथा संगीत हरि लम्साल को रहेको छ भने यो गीत महेन्द्र राज बराल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

‘सानुमाया ’ अघि महेन्द्र राज बरालको ‘तिमी कहाँ’ , ‘जोगी हैन भोगी’ , ‘नभए सहारा’ , ‘बोलिदेउ सान्नानी’ , ‘रूमालै चिनो धोइधोइ’ जस्ता गीतहरुबाट दर्शकको मन जित्न सफल भैसकेका छन्।