गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी निक्कै व्यस्त गायिका रिमालले आफ्नै आधिकारीक युट्युब च्यानलमा नयाँ तीज गीत सार्वजनिक गरेकी हुन्।

तीजको पावन अवसरमा नेपाली चेलीहरुको लागि विशेष उपहार स्वरुप ‘तीजको महिना छ’ बोलको गीत सार्वजनिक गरिएको रचनाले बताईन्। कोरोनाको अवस्थामा बदलिएको तीजको माहोल र छोरीचेलीको बेदनालाई गीतले बोलेको छ।

हेर्नुहोस् गीत

डिपी खनालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतमा रचना स्वयम् को स्वर रहेको छ। योगेन्द्र कार्कीको निर्देशनमा बनेको गीतको भिडियोमा रचना सहित अनिता बस्नेत ‘मास्टर्नी’, सविना आचार्य, रक्षा बुढाथोकी, एलिना राना लगायतकाको अभिनय रहेको छ।

विन्दु खड्काको कोरियोग्राफी रहेको गीतको भिडियोको सिनमेटोग्राफी ,सम्पादन रंग संयोजन मिराज अर्यालले गरेका हुन्।