बरिष्ठ नृत्य निर्देशक गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक गरिएको छ । गोविन्द राई इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारीको अभिनय रहेको छ। भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादन एवम् रङ संयोजनको काम पनि उनैले गरेका छन।

‘परम्पा परम्पा’ मा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत गीतमा समावेश छ भने सङ्गीत संयोजन प्रसन्न परियार मिन्ट स्टुडियो , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मास्टरिङ् प्रदीप जोशीले गरेका छन। यस्तै मेकअप अशोक रोक्का र कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन।