चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। यस अघि युट्युव राइटस् ‘ओएसआर डिजिटल’ले लिएको थियो। ‘ओएसआर’ संगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण ‘सक्किगोनी’को आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे ‘जेपिटी क्रियसन अफिसियल’ बाट आउने भएको छ।

‘लामो समय देखि ‘सक्किगोनी’ जस्तो सिरियल आफ्नै आधिकारिक युट्युव च्यानलबाट आउँनु पर्ने शुभचिन्तकहरुको माग थियो। यता ‘ओएसआर’ संग भएको सम्झौता थप नभएको अवस्थामा हामीले हाम्रै युट्युव च्यानलबाट ल्याउने निधो गरेका छौँ’, सक्किगोनीका निर्देशक एव कलाकार कुमार कट्टेलले बताए।

जिग्रीका अनुसार भविष्यमा कुनै युट्युव च्यानलसंग डिजिटिल राइटस् को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसन बाटै आउने स्पष्ट पारे। आफ्नै आधिकारीक युट्युव च्यानल मार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई रहेको छ।

पछिल्लो समयमा सिर्जना गर्ने सर्जकहरुको स्वामित्वमा सञ्चालित युट्युव मार्फत धेरै सिरियलहरु आउने क्रम सुरु भईसकेको भएता पनि ‘सक्किगोनी’ भने अन्य युट्युव मार्फत आइरहेको थियो।

पाँडे खोइ?


‘सक्किगोनी’को पछिल्लो श्रृङ्खलाहरुमा चर्चित पात्र ‘पाँडे’ अर्थात अर्जुन घिमिरे देखिएका छैनन्। उनी श्रृङ्खलामा नदेखिएको भन्दै शुभचिन्तकहरुले चिन्ता र चासो लिएका छन् भने केही आक्रोस समेत पोखेका छन्।

सिरियलमा निकै बद्मास गर्ने पात्र पाँडेको उदण्ड हेर्न आँतुर भएका दर्शकहरुले उनलाई खोज्नु स्वभाविक हो। तर तिनै ‘पाँडे’ उर्फ अर्जुन घिमिरेकी आमा लामो समय देखि गम्भिर विरामी भएका कारण आमाको सेवामा खटिएका छन्।

‘आमाको सेवा एउटा छोराका प्रमुख धर्म भएको कारण मैले तत्काल काममा आउन पाएको छैन्। यस बाट मेरा शुभचिन्तकहरुमा पर्न गएको असुविधा प्रति म क्षमा प्रार्थि छु।’ आफू सक्किगोनीका पछिल्ला भागमा नदेखिनुको कारण खुलाउदै कलाकार घिमिरेले भने।

सक्किगोनीका निर्देशक समेत रहेका घिमिरे भन्छन्, ‘आशा छ मेरी छिट्टै आमा निको हुनु भएपछि उसै गरी तपाईहरु माझ हसाँउन हाजिर हुनेछु। मलाई विश्वास छ सक्किगोनीलाई तपाईँहरुले अब झन् अझ विशेष गरी माया गरिदिनुहुनेछ। हाम्रो अफिसियल युट्युव च्यानल जेपिटी क्रियसन अफिसियल मार्फत् जोडिने छौँ।’

यो पनि हेर्नुहोस्