कमेडि च्याम्पियनको पहिलो सिजनबाट नेपाली दर्शक माझ चिनिएका हाँस्यकलाकार खड्ग बहादुर पुन उर्फ ‘खबपु’ ले आफनै आवाजमा ”जीन्दगानी” बोलको लोक दोहोरी गीत सार्वजनिक गरेका छन्।

लोक गायिका तुलसा घर्तीले यस गीतमा खबपुलाई साथ दिएकी छिन्। संगीतकार हरि डिसीको शब्द अनि संगीतमा तयार पारिएको गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

मरुभुमि नारायणले छायांकन गरेको उक्त गीतको भिडियोमा खबपु, हरि डिसी, शुभेक्षा नेपाल, दिपा बस्नेत, दिक्षा बस्नेत, यमु मगर र भुपेश नाथको अभिनय रहेको छ।

रोशन धिताले भिडियो सम्पादन गरेको सो गीतको भिडियो निर्देशन पनि कलाकार खबपुले नै गरेका हुन्। गीत खबपुको आफ्नै अफिसियल युटुब च्यानल खड्ग बहादुर पुन मगरबाट सार्वजनिक गरेका छन्।