अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले महंगो पारिश्रमिक लिएर अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्देशक माइकल चन्दको निर्देशनमा बनेको ‘माया पिरेम’ बोलको गीतको भिडियो बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो।

भिडियोमा साम्राज्ञीसंगै अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको अभिनय रहेको छ। गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, शंकर स्माइलको संगीत, डीपी खनालको शब्द छ। गीतको भिडियोमा सिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन छ।
भिडियोेबाट दुई नयाँ कलाकार देलविस र राजले संभावना देखाएका छन्। यी दुई कलाकार चाडै नै सेनमा क्षेत्रमा पनि डेब्यू गर्ने तयारीमा छन्।

भिडियोलाई उत्कृष्ट बनाउन निर्देशक माइकल चन्द र निर्माण कम्पनी ट्री इन्टरटेन्मेन्टले कुनै कसर बाँकी राखेका छैनन्। भिडियोमा दिनेश दर्शनधारी र यशोधा राइको लगानी छ।