लेखु सहयात्रीको शब्द र संगीतमा ‘खुसी बाँडे बढ्छ खुसी’ गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतमा स्वर गायक महेन्द्रराज बराल र गायिका रचना रिमालले दिएका छन्। प्रकाश सपुत र गरिमा शर्मा लगायत कलाकारहरुले अभिनय गरेको गीतको भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

दशैंको माहोललाई प्रस्तुत गरेको भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका छन्। कोरियोग्राफी जेरी भण्डारीको छ भने क्रियटिभ निर्देशको रुपमा विशाल घिमिरे छन्। अनिल के।मानन्धरको छायाँकन रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन्।