तस्विरः मनोज गजुरेलको फेसबुकबाट

लोकप्रिय हाँस्यकलाकार मनोज गजुरेलले अन्ततः दोस्रो विवाह गरेका छन्। मनोज गजुरेलले मन्जु पोखरेलसंग दोस्रो विवाह गरेका हुन्। एकल महिला मन्जु नेपाल सरकारको न्याय सेवाको अधिकृत हुन्। उनी पनि पारपाचुके गरेर एकल महिलाको रुपमा बस्दै आएका थिए।

४ वर्ष पहिले कानुनी रुपमा पुर्वपत्नि मिना ढकालसंग पारपाचुके भए पछि मनोज एक छोरा र एक छोरीको साथमा बालकोट स्थित निजी निवासमा बस्दै आएका थिए।

घर परिवार र छोरा छोरीकै अनुरोधमा आफूले विवाह गरेको मनोज गजुरेलले आफ्नो फेसबुकबाट जानकारी गराएका छन्। असोज २५ गते सोमबार अर्थात् आज परिवारका सिमित सदस्यहरुको उपस्थितीमा डोलेश्वर महादेव मन्दिरमा विवाह गरेका हुन्।

पछिल्ला केही महिनायता मनोज गजुरेलले दोस्रो विवाह गर्ने तयारी गरेको भन्ने सञ्चारमाध्यममा समाचारहरु आएको भएता पनि कोसंग, कहिले भन्ने कुरा पुष्टि हुन सकेको थिएन।

आफू बैवाहिक जीवनमा जोडिएको खबर फेसबुकमा लामो स्टाटस लेख्दै जानकारी गराएका गजुरेलले आफ्ना बारेमा भ्रामक र कपोकल्पित समाचार नबनाईदिन अनुरोध समेत गरेका छन्। जीवनको नयाँ अध्याय सुरु गरेको हुदा विगत र असम्बिन्धित व्यक्तीको नामहरु नजोड्न समेत आग्राह गरेका छन्।