सिनेमा ‘कबड्डी कबड्डी कबड्डी टिजर सार्वजनिक भएको छ। एक मिनेट ३० सेकेन्डको टिजरमा दयाह्याङ राई, उपासना सिंह ठकुरी, विजय बराललाई देखाइएको छ। सिनेमामा दयाहांग राई, उपासना सिंह ठकुरी र कर्मा मुख्य भूमिकामा रहेका छन्।

टिजरमा काजीको नयाँ मैय्यासंगको प्रेमलाई देखाइएको छ। काजीको असफल प्रेमलाई रुचाईएको सिनेमाको प्रिक्वेलमा देखाइए जस्तै काजी उर्फ दयाह्याङको यसपटक प्रेमलाई विवाहमा परिणत गर्न सक्लान कि नसक्लान् भन्ने जिज्ञासा आम दर्शकमा रहेको छ।


भदौ १३ बाट प्रदर्शनमा आउने सिनेमा कबड्डी कबड्डी कबड्डीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। यस अघिको २ वटा प्रिक्वेल हिट भइसकेको अवस्थामा यो सिक्वेललाई लिएर दर्शकहरु उत्साहित भएका छन्। सिनेमामा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापा लगायतकाको अभिनय छ ।

बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार भएको सिनेमामा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य छ। सिनेमामा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ।